रोल्पामा पहिरोः घाइतेले उपचार पाएनन्
गएराती रोल्पामा पहिरोले पुरिएर मृत्यु भएका ३ जनाको मृत्यु भएपछि सदरमुकामबाट साढे चार घण्टामा हिँडेर पुगेका त्यहाँका प्रहरी प्रमुखले आफू घटना स्थलमा आइपुगे पनि गम्भीर घाइते एक जनालाई अस्पताल लैजान हेलिकोप्टरको आवश्यकता रहेको बताएका छन् ।
घटनास्थल रोल्पा नगरपालिका भित्रकै हो । तर त्यस नगरपालिका वडा नम्वर –९ को होमा गाउँसम्म सवारी साधन जान सक्ने अवस्था नभएपछि प्रहरीको टोली हिडेर त्यहाँ पुगेको हो । ‘म सहित १५ जना प्रहरीको टोली सदरमुकामबाट राती चार बजेको समयमा उकालो हिडेर साढे चार घण्टामा अहिले घटना स्थलमा आएका छौ । टिका सिंह बुढा मगरका परिवारका तिन जनाको मृत्यु भएको छ । तिन जना घाईते मध्ये एक जना सिरियस् छन् ’– प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले भने, ‘हेलिकप्टर विना शव सदरमुकाम लैजाने र गम्भीर घाईतेलाई अस्पताल पुराउन सक्ने अवस्था छैन । ’
उनका अनुसार घरधनी ४० बर्षीय टिका सिंहको स्वास्थ्य अवस्था गम्भीर छ । उनकी आमा ८६ बर्षीया करमिता बुढा मगर, १८ बर्षीया बुहारी सुशिला र १५ बर्षीया छोरी श्यामकलाको मृत्यु भएको हो । बुढा मगरकी श्रीति सुनमाया र ९ बर्षीय छोरा शक्तिमान घाइते छन् । बुढामगरकी मृतक आमाका श्रीमानको ३८ बर्ष अघि नै मृत्यु भएको थियो । मृतक बुहारीका श्रीमान मुस्ताङ्ग तर्फ मजदुरी गर्न गएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।
उनका अनुसार घटना स्थल सदरमुकामबाट करिव २० किलो मिटरदुरी उत्तर पश्चिममा पर्दछ । हेलकप्टर मगाउनका लागि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पहल थालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण