तुलसीपुर उपमहानगरले ल्यायो ३ अर्ब ३९ करोडको बजेट
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रूपैँया बजेट सार्वजनिक गरेको छ । नगरसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८–०७९ को अनुमानित ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेकी हुन् ।
जसमा आन्तरिक स्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँटबाट २ अरब १७ ९६ ख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ९ करोड ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरूबाट प्राप्त रकम २ करोड २५ लाख आय हुने अनुमान गरिएको छ ।
जसमा पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि एक अरब ६२ करोड १६ लाख १६ हजारको अनुमानित बजेट बिनियोजन गरिएको छ । उनले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण