यथास्थितिमा बालुवाटार नजाने माधव समूहको निर्णय
बिहीबार, १७ असार २०७८, १८ : १४
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेकाे नेता याेगेश भट्टराईले जानकारी दिए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ ।
माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ । विहान ११ बजेबाट बसेकाे बैठक ६ बजे सकिएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण