आमिर खान र किरणको सम्बन्धविच्छेदपछि उनका साथी भन्छन्, 'धेरै सम्झायौँ तर...'
बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्षपछि भएको सम्बन्धविच्छेदले धेरैलाई हैरान बनाएको छ । उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै शनिबार सम्बन्धविच्छेद भएको जानकारी दिएका हुन् ।
आमिर र किरणको सम्बन्धविच्छेदपछि उनीहरुका शुभचिन्तक, दर्शक र साथीभाईले यस सम्बन्ध टुटेपछि दुख व्यक्त गरेका छन् । आमिरका एक नजिकका साथी अमीन हाजीले उनीहरुको सम्बन्धविच्छेदको विषयमा भारतीय टेलिभिजन न्युज १८ सँग कुराकानी गरेका छन् ।
उनले किरण र आमिरको सम्बन्धविच्छेदको केही समयअगाडि मात्रै खबर पाएको बताउँदै भने, 'मेरो परिवारलाई यो विषयमा केही समय अगाडि मात्रै जानकारी भएको थियो । किरण र आमिरले जुलाई ३ तारिखमा नै यो विषयमा जानकारी दिने फैसला गरेका थिए । यो बारेमा अझै पनि म सोचिरहेको छु । उनीहरुका छोरा आजाद दुवैको हेरचाहमा रहनेछन् । किरणले तीनवटा तस्बिर पठाएकी थिइन् । उक्त तस्बिर मैले परिवारलाई पठाउँदै उनीहरु अझै पनि एकसाथ भएको र वैवाहिक सम्बन्धमात्रै परिवर्तन भएको जानकारी दिएको थिए ।'
अमीनले उनीसहित उनका साथीहरुले आमिर र किरणलाई धेरै सम्झाएको समेत बताए । उनले भने, 'आमिर मेरो विवाहमा बेहुलाको खास साथी थिए । त्यसैले उनको विवाहको यो क्षण मेरो लागि व्यक्तिगत क्षति हो । हामीले बसेर यो बारेमा धेरै छलफल गरेका थियौँ । उनलाई हरेक तरिकाबाट कोसिस गरेपछि मात्रै यो निर्णयमा पुग्न सल्लाह दिएको थिएँ । तर मैले उनलाई यो निर्णय नै नलिने सल्लाह दिएको भए अझै बढी उचित हुन्थ्यो होला ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण