सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ४८० संक्रमणमुक्त

आइतबार, २० असार २०७८, १८ : ३५
आइतबार, २० असार २०७८

गण्डकी प्रदेशमा निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमितको संख्या क्रमश बढ्न थालेको छ । निषेधाज्ञा खुलेसँगै चहलपहल बढेपछि कोरोना संक्रमितको संख्या क्रमश बढन थालेको छ ।  कास्कीमा गत शुक्रबार ५८१ रहेको सक्रिय संक्रमितको संख्या बढेर ७०९ पुगेको छ । गत शनिबार ६३५, आइतबार ५४८, सोमबार ५३२, मंगलबार ५२९ पुगेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । 

यसैगरी बुधबार ५३०, बिहीबार बढेर ५६० पुगेको थियो । यो संख्या आज शुक्रबार एक्कासि बढेर सक्रिय संक्रमित ७०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
कास्कीमा अघिल्लो शुक्रबार ३९२ जनामा संक्रमित पुष्टि भएकोमा शनिबार पनि ३९२ जना नै संक्रमित भएका थिए । यसैगरी आइतबार ६७ जना,सोमबार ९२, मंगलबार संख्या बढेर ११९ पुगेको छ । यस्तै, बुधबार ८३, बिहीबार बढेर १५३, शुक्रबार १९४, शनिबार १७३ र आज आइतबार १४९ संक्रमितको  थपिएका छन् । 

गण्डकी प्रदेशमा आज थप ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको ११९० जनाको नमूना परिक्षण गरिएकामा ३६६ जनामा संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा देखिएका संक्रमितमध्ये १९१ पुरुष र १६७ जना महिला रहेको संयोजक शर्माले जनाकारी दिए । 

उनका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १४९,म्याग्दी ५,पर्वत ४२, लमजुङ २१,तनहुँ ५, बाग्लुङ ८४,स्याङ्जामा ४६ र नवलपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार ११६ पुगेको छ ।

त्यसैगरी गण्डकी कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । पर्वतको बिहादी –३ का ८२ वर्षीय पुरुष र तनहुँ शुक्लागण्डकी–४ का ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५३  हजार १३४ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप