तेलुगु फिल्म ‘मिशान इम्पोसिबल’ मा तापसी
बुधबार, २३ असार २०७८, १८ : ५३

अभिनेत्री तापसी पन्नु तेलुगु फिल्ममा फेरि देखिने भएकी छन् । केही समयको अन्तरालपछि उनी फेरि तेलुगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । उनले अभिनयको सुरुवात तेलुगु फिल्म ‘झुम्मन्डी नादम’ बाटै गरेकी थिइन् ।
अहिले तापसीले ‘मिशान इम्पोसिबल’ नाम फिल्म साइन गरेकी छन् । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै टाइटलको घोषणा समेत गरेका छन् । पोष्टरमा तापसीको डी–ग्ल्यामर अवतार देखाइएको छ ।
फिल्मको स्वरुप आरएसजेले निर्देशन गर्न लागेका हुन् । फिल्ममा तापसीको मुख्य भूमिका रहनेछ । फिल्म निरन्जन रेड्डी र अन्वेश रेड्डीले निर्माण गर्न लागेकी हुन् । तापसी पछिल्लो समय २०१८ मा तेलूगु फिल्म ‘नीवेरो’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
-
पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस
-
गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन (तस्बिरहरू)
-
‘तदर्थ समिति गठनमै केन्द्रीय समिति ‘फेलियर’ भयो’
-
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल