सेक्स वर्करको भूमिकामा देखिँदै सोनाक्षी
बिहीबार, २४ असार २०७८, १२ : २५
अभिनेत्री सोनाक्षी सिन्हा सेक्स वर्करको भूमिकामा देखिने भएकी छन् । संजय लीला भंसालीको नयाँ प्रोजेट वेब शो ‘हीरामन्डी’मा उनी यो भुमिकामा देखिन लागेकी हुन् ।
केही दिन पहिले फिल्म ‘गंगुबाई काठियावाडी’को सुटिङ सकाएका भंसालीले अहिले ‘हीरामन्डी’को समेत काम शुरु गरेका छन् । जसको लागि सोनाक्षी समेत फाइनल भएको समाचार बाहिरिएको छ । सोनाक्षीका पिता शत्रुध्न सिन्हाको पनि चाहना छोरीले भंसालीसँग काम गरोस् भन्ने रहेको थियो ।
‘हीरा मन्डी’ का लागि बलिउड अभिनेत्री हुमा कुरैशी समेत फाइनल भएकी छन् । रिपोर्टका अनुशार यो प्रोजेटमा सोनाक्षी र हुमा दुबै सेक्स वर्करको रुपमा देखिनेछन् । सोनाक्षीले भूमिकामा आफुलाई भिजाउन तयारी समेत शुरु गरेकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण