एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, एकताको मस्यौंदा पेश हुने
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज दोस्रो पटक बैठक बसेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न कार्यदलको अहिलेको बैठकमा मस्यौदा पेश गरेर छलफल गर्ने नेताहरुले बताएका छन् । यसअघि आजै बिहान बसेको बैठकमा केही तयारी अपुग भएकाले दिनभर तयारी गरेर साँझ बस्नेगरी नेताहरु आन्तरिक परामर्शमा लागेका थिए ।
यो बीचमा नेताहरुले अध्यक्ष ओली र नेता नेपालसँग आ–आफ्नै ढंगले छलफल गरेका छन् । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र भिम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ , प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल सहभागी रहेका छन् ।
कार्यदलका अर्का सदस्य विष्णु पौडेल भने मन्त्रिपरिषद बैठकमा सहभागी भएकाले बैठकस्थलमा आइसकेका छैनन् । नेताहरुका अनुसार आजको बैठकमार्फत पार्टी एकतालाई निष्कर्षमा पुर्याउने प्रयास हुनेछ । तर, नेताहरुबीच शक्तिको बाडफाँडमा कुरा मिलिनसकेकाले कार्यदलमा सहमति जुटे पनि शीर्ष नेताले त्यसलाई अनुमोदन गर्छन् गर्दैनन् भन्ने निश्चित भैसकेको छैन । बुधबार अध्यक्ष ओली र नेपालबीच भएको छलफलमा ठोस सहमति जुट्न नसकेपछि एमाले एकताबारे निश्चिन्त हुने अवस्था नरहेको कार्यदलकै कतिपय नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण