दल दर्ता खारेज भन्ने दुष्प्रचारमा नपर्न माओवादीको आग्रह
नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा आपत्ति जनाएको छ । माओवादी केन्द्रीय कार्यालयका कार्यलय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्र दल दर्ता खारेजीका लागि सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सार्वजनिक भएकोमा पार्टीको ध्यानाकर्षण भएको भन्दै त्यसरी निवेदन दिने व्यक्ति पार्टीमा सरोकार नै नराख्ने भएको स्पस्ट पारेका छन् ।
‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता दल खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ’ विज्ञप्तिमा भनिएको छ । माओवादीले केही अवसरवादी, स्वार्थी लालची र अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई वदनाम गराउन सकिन्छ भन्ने मनसायले यसरी दुष्प्रचार गरेको प्रस्ट भएको पनि जनाएको छ ।
सो पार्टीले संविधान, कानुन र विधिविधान विपरित दुष्प्रचार गरेकोमा पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई भ्रममा नपर्न आग्रह समेत गरेको छ । ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ’ वक्तव्यमा भनिएको छ । साथै त्यसप्रकारका अनाधिकृत तथा आयोगसँग सरोकार नै नराख्ने निवेदन स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकाले आइन्दा त्यसो नगर्न माओवादीले आयोगलाई आग्रह समेत गरेको छ । पूर्व माओवादी नेता प्रभु साह लगायतले माओवादी केन्द्र अवैधानिक भन्दै दल दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
