एमाले कार्यदल बैठक सहमति नजिक, आइतबार पुनः बस्ने
एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए ।
त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए । विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले एमालेलाई एकताबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा उभ्याउने दृढता व्यक्त गरे । उनले भने, ‘अहिले विश्वासको वातावरण बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’
त्यस्तै नेता सुवास नेम्वाङले धेरै कुरा मिलिसकेको जानकारी दिए । उनले भने, धेरै कुरा मिलिसकेको छ । भोलि सुखद समाचार सुन्नुहुनेछ ।’ बैठक आइतबार बिहान ८ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण