शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक १ बजे सम्मलाई स्थगित

आइतबार, २७ असार २०७८, १२ : ४०
आइतबार, २७ असार २०७८

गण्डकी प्रदेशसभाको बैठक १ बजे सम्मका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाए पछि बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्न साथ एमाले सांसदहरू उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए । 

त्यसपछि बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे । 

उनले सरकार कति रकम रकमान्तर गरेको हो भन्ने बारे नखुलाएको र के आधारमा योजना छनोट गरिएका हुन् भन्ने बारेमा समेत सरकार मौन रहेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । त्यसपछि सभामुखले संसद् १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप