शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेतन्याहु १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गर्मित

आइतबार, २७ असार २०७८, १७ : ५६
आइतबार, २७ असार २०७८

इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले झण्डै १२ वर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरिदिएका हुन् ।

प्रधानमन्त्री निवासबाट नेतन्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरुले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो । 

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी देशको प्रमुख विपक्षी दलको नेता बन्नु भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातमा रहेको उनकै आफ्नै घरमा बस्न लागेका छन् । प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उनी प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिएका हुन् ।

विषेश एक सम्झौतापछि उनको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बनेका छन् । उनले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप