बानेश्वरबाट पेस्तोलसहित एक युवक पक्राउ
आइतबार, २७ असार २०७८, १८ : २४
काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उप महानगरपालिका–२ घर भएका ३१ वर्षीय जयप्रकाश महतो छन् ।
महानगरीय प्रहरी कार्यालय र वृत बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । महतोको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र म्याग्जिन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।
असार २३ मा पेस्तोल बेच्न हिँडेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण