भंसालीको ‘गंगुबाई काठियावाडी’ फिल्म हलमै रिलिज हुने
अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को धमाकेदार ट्रेलर रिलिज भएको छ । ट्रेलर आएपछि आलियाको अभिनयको समेत तारिफ हुन थालेको छ । अहिले कोरोनाको कारण फिल्म हल बन्द रहेको छ । त्यसैले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो । तर निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज गर्न अस्वीकार गरेको बताइएको छ । फिल्म ठुलो पर्दाका लागि बनाएको भएकोले ठुलो पर्दामै रिलिज हुने र त्यसका लागि कुर्न निर्माण युनिट तयार रहेको समाचारले उल्लेख गरेको छ ।
‘संजयलीला भंसाली फिल्मका कारण निकै खुसी छन् । उनलाई लाग्ने गरेको छ स्केल, भिजुअल साइज र इमोशन्सका हिसाबले यो उनको अहिलेसम्मकै राम्रो फिल्म हो’ फिल्मसँग नजिक एक सदस्यले ‘यो कुनैपनि हालतमा ओटीटी प्लेटफर्ममा गरिने छैन ।’
फिल्ममा आलियाले माफिया क्वीन गंगुबाईको भूमिका निर्वाह गरेकी छन् । अलियाको अलवा फिल्ममा अजय देवगन, शान्तनु महेश्वरी समेत मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण