शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भंसालीको ‘गंगुबाई काठियावाडी’ फिल्म हलमै रिलिज हुने

आइतबार, २७ असार २०७८, १९ : ३८
आइतबार, २७ असार २०७८

अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को धमाकेदार ट्रेलर रिलिज भएको छ । ट्रेलर आएपछि आलियाको अभिनयको समेत तारिफ हुन थालेको छ । अहिले कोरोनाको कारण फिल्म हल बन्द रहेको छ । त्यसैले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो । तर निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज गर्न अस्वीकार गरेको बताइएको छ । फिल्म ठुलो पर्दाका लागि बनाएको भएकोले ठुलो पर्दामै रिलिज हुने र त्यसका लागि कुर्न निर्माण युनिट तयार रहेको समाचारले उल्लेख गरेको छ ।

‘संजयलीला भंसाली फिल्मका कारण निकै खुसी छन् । उनलाई लाग्ने गरेको छ स्केल, भिजुअल साइज र इमोशन्सका हिसाबले यो उनको अहिलेसम्मकै राम्रो फिल्म हो’ फिल्मसँग नजिक एक सदस्यले ‘यो कुनैपनि हालतमा ओटीटी प्लेटफर्ममा गरिने छैन ।’

फिल्ममा आलियाले माफिया क्वीन गंगुबाईको भूमिका निर्वाह गरेकी छन् । अलियाको अलवा फिल्ममा अजय देवगन, शान्तनु महेश्वरी समेत मुख्य भूमिका रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप