घरमा आगो लगाएर श्रीमती र छोरीहरुको हत्या प्रयास गरेका पुरुष ६ वर्षपछि पक्राउ
अर्घाखाँचीमा ६ वर्ष अघि आफ्नै घरमा आगो लगाएर श्रीमती र छोरीहरुको हत्या प्रयास गरेका एक पुरुषलाई प्रहरीले हालै पक्राउ गरेको छ । साबिक धरमपानी गाविस–९ घर भई हाल भूमिकास्थान नगरपालिका–३ बस्ने वीरबहादुर बञ्जाडेलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । उनले आफ्नै घरमा आगो लगाई श्रीमती र ३ छोरीको हत्या प्रयास गरेका थिए ।
उनले घर र गोठमा आगो लगाउँदा पशु चौपाया, लत्ताकपडा, अन्न जलेर नष्ट भए पनि श्रीमती र ३ छोरीलाई छिमेकीले उद्धार गरेर बचाएका थिए । सो घटनालगत्तै फरार उनलाई २०७३ साल वैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले आगलागी तथा ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष १० महिना २८ दिन कैद सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालका अनुसार प्रहरीले फरार अभियुक्तहरूको खोजतलास गर्दै जाँदा असार २५ गते चितवनको भरतपुर महानगरपालिका–११ अमनचोकस्थित डेराबाट उनलाई पक्राउ गरेको हो ।
निजलाई अदालतको फैसला अनुसारको कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ । बञ्जाडेकी श्रीमती विष्णुकुमारीका अनुसार लगातार तीनवटी छोरी जन्मिएका कारण वीरबहादुरले उनलाई प्रताडित गर्दै आएका थिए । वीरबहादुरले लुकिछिपी दोस्रो विवाह गरेको र कान्छी श्रीमतीतर्फ पनि छोरी नै जन्मिएको कुरा आफूहरुले पछिमात्र थाहा पाएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण