गण्डकी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध
गण्डकी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटको विषयलाई लिएर बैठक अवरुद्ध गरेको हो । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रदेश सरकारले गैरकानुनी रूपमा कार्यकर्ता पोस्नका लागि करोडौँ रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले यथार्थ बाहिर नल्याउँदासम्म बैठक चल्न नदिने उडान राख्दै आएको छ । एमालेले आइबार पनि संसद् बैठक अवरुद्ध गरेको थियो ।
एमालेका सांसद रामशरण बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताएका छन् ।
उनले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे । सरकारले बहुवर्षीय ठेक्का लगाएका योजना हटाएर कार्यकर्ता रिझाउन रकमान्तर गर्दै बजेट बाँडेको भन्दै एमालेले त्यसको फेहरिस्त प्रस्तुत नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण