इटहरीबाट खैरो हेरोइनसहित युवक पक्राउ
बिहीबार, ३१ असार २०७८, १८ : ४६
सुनसरीको इटहरीबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय दुर्गा रसाइली छन् । लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले रसाइलीको साथबाट ५४ दशमलव ५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
इटहरी उपमहानगरपालिका–४ घर भएका दुर्गालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण