बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले स्थायी कमिटी बैठक, माधव पक्ष आज पनि गएन, तस्बिरमा हेर्नुहाेस्

आइतबार, ०३ साउन २०७८, १२ : १९
आइतबार, ०३ साउन २०७८

 

नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा  ११:४५ बजेबाट बैठक सुरु भएको हो ।

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिएका थिए । आजको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको छैन । यस्तै उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् ।

यता वरिष्ठ नेता माधव नेपाल पक्ष भने सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने अडानमा छ । सोही अनुसार आजको बैठकमा पनि सहभागी नभएको नेपाल पक्षका नेता रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप