देउवाले भने– राम्रा कामका लागि ओलीलाई धन्यवाद
आइतबार, ०३ साउन २०७८, १८ : ३२
प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताएका छन् ।
कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे ।
प्रधानमन्त्री देउवाको प्रस्तावपछि संसदमा दलका प्रतिनिधिहरुले बोल्ने क्रम सुरु भएको छ । यसक्रममा नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले इतिहास प्रहसनका रुपमा दोहोरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण