मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल

मङ्गलबार, १६ असार २०८३, ०५ : ४३
मङ्गलबार, १६ असार २०८३

सारांश

  • आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल असार १६ गते मंगलबार, इस्वी सन् २०२६ जुन ३० तारिख हो ।
  • राहुकाल दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म रहनेछ ।
  • विभिन्न १२ राशीहरूका लागि आजको राशिफल प्रस्तुत गरिएको छ ।

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असार १६ गते । मंगलबार । इस्वी सन् २०२६ जुन ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि– प्रतिपदा, अहोरात्र । नक्षत्र–पूर्वाषाढा, अहोरात्र । योग–ब्रम्ह्, बेलकी ४ बजेर ५ मिनेट उप्रान्त ऐन्द्र । करण–बालव, बेलुकी ५ बजेर ४४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी ३३ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर १३ मिनेटसम्म रोग बेला ।
  • बिहान ५ बजेर १४ मिनेटदेखि बिहान ६ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर ५७ मिनेटदेखि बिहान ८ बजेर ४० मिनेटसम्म चर बेला ।
  • बिहान ८ बजेर ४१ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर २५ मिनेटदेखि बिहान १२ बजेर ७ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १२ बजेर ८ मिनेटदेखि दिउँसो १ बजेर ५१ मिनेटसम्म काल बेला ।
  • दिउँसो १ बजेर ५२ मिनेटदेखि दिउँसो ३ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो ३ बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म रोग बेला ।
  • बेलुकी ५ बजेर १९ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म काल बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३७ मिनेटदेखि बिहान ४ बजेर २५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ । दैनिक उपभोग्य बस्तु, पहिरन, सवारी साधन तथा बिलासी  सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा पारिवारिक मिलनमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।  तर पनि धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागी समयले साथ दिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु तथा औषधीजन्य  सामानको व्यापारमा उल्लेख्य मात्रामा वृद्धि हुनेछ ।  व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । छोटो दुरीको यात्रा हुने, परिवार तथा आफन्तसँग भेट हुनाले मन प्रसन्न रहनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ । दैनिक उपभोग्य बस्तु, पहिरन तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनाले पुराना ऋण चुक्ता गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाइनेछ । परिवारका साथ यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक उपभोग्य बस्तु, सवारी  साधन, पहिरन तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । यात्रा, मनोरञ्जन तथा परिवारमा साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । दैनिक उपभोग्य वस्तुको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । तर पनि राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारबाट आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पहिरन, दैनिक उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले विदेशी  सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य मात्रामा वृद्धि हुनेछ । यात्रा खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला जरिवाना पनि हुन सक्छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दैनिक उपभोग्य वस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहौलमा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । सहयोगीहरूबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईँको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । यात्रा, मनोरञ्जन तथा पारिवारिक माहोलामा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप