ओलीलाई बाबुरामको कटाक्ष : नेताजीलाई आसेपासेले सडकमा नांगै हिँडाएको त होइन !
जसपाको संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले दुर्घटनाको डिलमा पुगेको संविधानलाई जोगाएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बोल्दै भट्टराईले ओलीले संविधानको हत्या गर्न खोजेको आरोप लगाए । उनले भष्मासुर जसरी आफैं ओलीको पतन भएको भन्दै धेरै घोचपेच गर्न नचाहेको बताए ।
चर्चित लेखक हान्स क्रिष्ट्रियन एन्डरसनको चर्चित कथा ‘द इम्पेरियर्स न्यु क्लोथ्स्’ को प्रसङ्ग निकाल्दै भट्टराईले प्रतिनिधिसभा बैठकमा भने, ‘एन्डरसनको कथा पढ्थ्यों, त्यहाँ आसेपासेहरुले बादशाहलाई नयाँ लुगा लगाएको भन्दै नांगै सडकमा हिडाउँथें । हाम्रा नेताजीलाई पनि सत्ताच्युत भएर बिदा भइसकेपछि कतै आफ्ना आसेपासेहरुले सडकमा त्यसरी नंग्याएका त होइनन् । मलाई धेरै दुःख लागेको छ । त्यस्तो नहोस् ।’
उनले सामाजिक सञ्जालमा जनताले प्रश्न गरिरहेको पनि बताए । ‘ओलीलाई त बिदा ग¥यौं । तिमीहरु पो के गतिलो छौं र भनेर पनि जनताले प्रश्न गरिरहेका छन् । हामीलाई खराबभन्दा कम खराब भनेका छन् । हामी कम खराब होइनौं असलमध्ये बढी असल हुने प्रयत्न गरौं’ भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण