उदयपुरमा प्रहरीलाई २५ हजार घुस दिन खोज्ने पक्राउ
घुस दिन खोजेको आरोपमा उदयपुर प्रहरीले मदिरा कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि त्रियुगा नगरपालिका–११ बस्ने टिका बहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
साउन ३ मा प्रहरीले ज.१च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो । सो सामान छुटाउन बस्नेतले प्रहरी कर्मचारीलाई घुस अफर गरेका थिए । मदिराजन्य सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । उनले भने–‘तत्काल पक्रेर कानुनी कारवाही शुरु गरेका छौं ।’
पिकअपमा बियर, विभिन्न ब्राण्डका रक्सि, गुट्खा र किराना सामान फेला परेको थियो । करिब १ लाख २० हजार मूल्य पर्ने सामानको बिल, भरपाई र भन्सार जाँचपास कागज देखाउन नसकेपछि प्रहरीले सो गाडी नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बरामद गरेको सामान आवश्यक कारवाहीका लागि सोमबार करदाता सेवा कार्यालय गाईघाटमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण