प्रचण्डपछि उपेन्द्र पुगे माधव नेपाललाई भेट्न कोटेश्वर
मङ्गलबार, ०५ साउन २०७८, १० : ३१
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मंगलबार बिहान नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झन्डै एक घण्टा कुराकानी भएको बुझिएको छ । नेता नेपाललाई भेटेर प्रचण्ड बाहिरिए लगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भेटवार्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण