साउन १० पछि उपेन्द्र समूह सरकारमा सहभागी हुने
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको हो ।
नेपाली काँग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा यादव समूहमा कसलाई मन्त्रीमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल भइरहेको छ । सरकारमा कसरी सहभागी हुने, को को जाने भन्नेमा पार्टीमा छलफल चलिरहेको र १० गतेपछि मात्रै टुङ्गो लाग्ने नेता मोहम्मद इस्तियाक राईले रातोपाटीलाई जानकारी दिए ।
सरकार गठनबारे छलफलका लागि आज बिहान सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल छलफलमा जुटेका थिए । उता अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका जसपाको ठाकुर समूहले भने सरकारमा सहभागी हुने नहुनेबारे अहिलेसम्म मुख खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण