चितवनमा सैनिक हुद्दा गुरुङको हत्या आशंका, टाँडीबाट ‘साथी’ पक्राउ
चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको आशंका गरिएको छ । हत्या आशंकामा प्रहरीले चितवनको टाँडीबाट उनको साथीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका आरोपीको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहीबार बिहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । गोली लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए ।
घटनास्थलमा गोलीको खोका फेला परेको छ । गुरुङको टाउकोमा गोली लागेको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ । ३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्दा हुन् । महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । घटनाबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण