रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन ठाकुर पक्षको माग
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले जेलमा रहेका पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन माग गरेका छन् । आयोगमा बहसको क्रममा ठाकुर पक्षका अधिवक्ताहरूले प्रमाणका आधारमा निर्णयहरु गर्न सकिने भन्दै त्यसबाहेक अरु कुनै विकल्पमा जान हुने धारणा राखे । उनीहरुले यदि कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमा सनाखत गराउने हो भने जेलमा रहेका रेशम चौधरीलाई पनि उपस्थित गराउनुपर्ने माग राखे ।
यसअघि चौधरीलाई राज्यले नै थुनाबाट निकालेर सिंहदरबारमा सांसदको सपथ ग्रहण गराएको तथा पार्टी एकीकरणका लागि जेलबाट नै हस्ताक्षर गराएर ल्याइएको बताउँदै अधिवक्ताहरूले यदि कार्यकारिणी सदस्यको सनाखत हुने अवस्था आयो भन उनलाई पनि उपस्थित गराउनुपर्ने जिकिर गरेका छन् ।
आयोगले पार्टीको आधिकारिकता विवाद सुल्झाउनका लागि एकताको क्रममा कायम गरिएको कार्यकारिणी समितिका सदस्यलाई नागरिकताका साथ उपस्थित हुन आदेश दिएको छ तर जेलमा रहेका रेशम चौधरीको बारेमा भने आयोगले केही भनेको छैन । ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३१ जना र महन्थ ठाकुरको पक्षमा २० जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण