हुम्लामा जुवा खालबाट १९ जुवाडे पक्राउ
शुक्रबार, ०८ साउन २०७८, २१ : २४

हुम्ला प्रहरीले सीमकोटबाट १९ जनालाई जुवा खालबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले सिमकोट स्थित माथिल्लो बजार भन्ने स्थानको एक घरबाट दुई समुह बनाएर जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माका अनुसार उनीहरुको साथबाट ४३ हजार ३१६ रुपैयाँ समेत जफत गरिएको छ ।
शर्माले जुवा खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको बताए । उनले भने, ‘जुवा खेल्ने र जुवा खेलेको हेर्नेहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।’ पक्राउ पर्नेमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी र सर्वसाधारण समेत रहेको बनाइएपनि प्रहरी प्रमुख शर्माले नाम भने उल्लेख गर्न चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन