हुम्लामा जुवा खालबाट १९ जुवाडे पक्राउ
शुक्रबार, ०८ साउन २०७८, २१ : २४
हुम्ला प्रहरीले सीमकोटबाट १९ जनालाई जुवा खालबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले सिमकोट स्थित माथिल्लो बजार भन्ने स्थानको एक घरबाट दुई समुह बनाएर जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माका अनुसार उनीहरुको साथबाट ४३ हजार ३१६ रुपैयाँ समेत जफत गरिएको छ ।
शर्माले जुवा खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको बताए । उनले भने, ‘जुवा खेल्ने र जुवा खेलेको हेर्नेहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।’ पक्राउ पर्नेमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी र सर्वसाधारण समेत रहेको बनाइएपनि प्रहरी प्रमुख शर्माले नाम भने उल्लेख गर्न चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण