गुरु पूर्णिमामा फोटो पत्रकार योग सिक्दै
शनिबार, ०९ साउन २०७८, १४ : १६
आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग कार्यक्रम आयोजना गरेको छ ।
‘गरौँ योग, रहौँ निरोगः मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेले बौद्धस्थित सिद्धार्थ होटलमा २० फोटो पत्रकारलाई एक घण्टाको योग अभ्यास सिकाउनुभएको समूहका महासचिव प्रदीपराज वन्तले बताए ।
उक्त अवसरमा गुरु रिम्पोछेले पत्रकारलाई नसा, स्वासप्रश्वास तथा मुटुका लागि उपयुक्त हुने पाँच प्रकारका आसन सिकाएका थिए । ती आसनले कोरोनाबाट सुरक्षित राख्न मद्दत पुग्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण