श्रोत नखुलेको ४० लाख रुपैयाँसहित १ जना पक्राउ
शनिबार, ०९ साउन २०७८, १७ : १९
झापामा श्रोत नखुलेको ४० लाख बढी रकमसहित एकजना पक्राउ गरेको छ । जिल्लाको झापा गाउँपालिका–२ बेलाईतीबारीबाट श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै