महिलाहरूको लगानीमा रुपन्देहीमा अस्पताल
रुपन्देहीको तिलोत्तमामा बडा नम्बर ४ भक्तपुर टोलमा महिलाहरूको लगानीमा तिलोत्तमामा महिला तथा बालबालिका अस्पताल बन्ने भएको छ । शनिबार एक समारोहबीच अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डे लम्सालले शिलान्यास गरिन्।
उनले महिला तथा बालबालिका अस्पताल यस क्षेत्र अझै अभाव भएको भन्दै महिलाको लगानी र जनशक्तिबाट सुचारु गर्ने अस्पतालले सेवा पनि विशेष ध्यान दिन आग्रह गरिन् । उनले यस्ता अस्पतालको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बाचा गर्दै स्पष्ट भिजन सहित महिलाहरूको समूह अगाडी आउनुपर्ने बताइन् ।
आगामी ७ महिना भित्र सञ्चालनमा ल्याउने गरी निर्माण सुरु गरिएको अस्पतालमा २० जना सेयर सदस्य रहेका छन्। पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाइएको संस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले बताइन् । अस्पतालमा ३ करोड बढीको लगानी रहने छ ।
पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण