सुर्खेतमा ६ फरार अभियुक्त पक्राउ
सुर्खेत प्रहरीले ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतले फैसला सुनाएका तर फरार रहेका ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार अदालतको फैसला कार्यन्वयन गर्ने क्रममा लामो समयदेखि उनीहरु फरार रहेका थिए ।
अदालतले ठगी मुद्दामा ६ महिना कैद र ६ हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका–५ का ५५ वर्षीय पूर्णबहादुर सार्की र दाङ घर भइ हाल वीरेन्द्रनगर–११ बस्ने ५३ वर्षीय दामे दमाई रहेका छन् । घर्तीका अनुसार लिखित बेइज्जती मुद्दामा तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका–३ का ४५ वर्षीय जैशरा बोहरा, जालसाजीमा एक सय जरिवाना तोकिएका वीरेन्द्रनगर १० का २७ वर्षीय कुमार गुरुङ, सोही ठाउँका क्रमश २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङ पक्राउ परेका हुन् ।
उनीहरुलाई विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो, घर्तीले भने । पक्राउ परेको उनीहरुलाई अदालतमा उपस्थिति गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण