बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, ११ साउन २०७८, १७ : ४४
काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तनहुँ व्याँस नगरपालिका ९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले ललितपुर कुपण्डोलबाट पक्राउ गरेको हो ।
गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा पीडितलाई झुक्याएर सानिमा बिकास बैंकको चेक काटेर दिएको प्रहरीको आरोप छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण