लुम्बिनी सरकारले उपयुक्त समयमा विश्वासको मत लिन्छ : मन्त्री चौधरी
विपक्ष गठबन्धन लामो समयदेखि विश्वास मत लिन प्रदेश सरकारलाई दबाब दिइरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले उपयुक्त समयमा विश्वासको मत लिने तयारी गरेको बताएका छन् ।मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले भने, 'मिति फिक्स छैन । तर सरकारले विश्वासको मत लिन्छ, पास भए सरकार चलाउने हो, नपाए छाड्नुपर्छ त्यो स्वाभाविक हो ।'
मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने दाबी गर्दै केन्द्रको छुट्टै प्रदेशमा छुट्टै समीकरण बन्न सक्ने बताए । उनले भने, 'अहिलेसम्म जसले सहयोग गरेर सरकार चलेको छ, त्यसरी चल्छ । उहाँहरूले साथ दिन छाड्दा सरकार पनि रहँदैन ।'
यस्तै आज बसेको प्रदेश सरकारको बैठकले लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ । भने प्रदेश खेलकुद विकास नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
