एमाले कार्यालयमा खीर खाने कार्यक्रम, नेताहरुले माधव नेपाललाई सम्झिए (फोटोफिचर)
साउन १५ को अवसरमा नेकपा एमालेको केपी ओली समूहले पार्टी कार्यालयमा खीर खाने कार्यक्रम गर्यो । शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा गरिएको कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल समूहका कुनै पनि नेता कार्यकर्ता देखिएनन् । झन्डै आधा घण्टा चलेको खीर खाने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल लगायतका नेताहरु पुगेका थिए ।
खीर खाँदै केही नेताहरुले माधव नेपाललाई सम्झिएका थिए । एमालेको खीर खाने कार्यक्रमको मेनुमा खीर र आलुको तरकारी रहेको थियो । कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्दै साउन १५ का अवसरमा बधाई तथा शुभकामना दिए ।
उनले पार्टी एकताका लागि अधिकतम प्रयास गरिरहेको र अधिकतम प्रयासलाई अनन्तकालसम्म लान नहुने बताए । उनले देशभरका कार्यकर्ताले पार्टीलाई अनिश्चयको बाटोमा नलगी एउटा टुङ्गोमा पु¥याउन आग्रह गरेको सञ्चारकर्मीलाई बताए । तस्बिर : कृष्ण खड्का/रातोपाटी
हेर्नुहोस् तस्बिरहरु :














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण