सुर्खेतमा दुई फरार प्रतिवादी पक्राउ
सुर्खेत प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने वर्ष ३१ का हर्कबहादुर विक र वडा नं.–२ बाङ्गेसिमल बस्ने वर्ष ३४ का धर्मराज न्यौपाने रहेका रहेका छन् । हर्कबहादुरलाई कुटपिट मुद्दामा सुर्खेत जिल्ला अदालतको फैसलाले एक महिना ४ दिन कैद भुक्तानका लागि पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो र ईलाका प्रहरी कार्यालय अवलचिंङ बाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई चिङ्गाड गाउँपालिका ५ धरम पोखराबाट पक्राउ गरेका हो ।
यस्तै धर्मराजलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालत सुर्खेतको आदेशले पाँच हजार जरिवाना र १ वर्ष कैद भुक्तानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । पक्राउ परेका दुई जनालाई जिल्ला अदालतमा उपस्थित गराइएको घर्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण