सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप
शनिबार, १६ साउन २०७८, १४ : ३५
ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।
सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगाइने जानकारी गराए ।उक्त पत्रमा सो सङ्ख्याको खोप पर्याप्त नभएकाले छिट्टै बढाउन सङ्घले महानगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ ।
न्याछ्योंद्वारा हस्ताक्षरित पत्रमा बाँकी रहेका पाँच पालिकाका सो क्षेत्रका व्यक्तिलाई समेत खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् । यसैगरी निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले भने खोप लगाउन इच्छुक व्यक्तिले यही आउँदो आइतबार अपराह्न ३ः ०० बजेभित्र सङ्घको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण