बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप
आइतबार, १७ साउन २०७८, १३ : ५३
बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताए । नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् ।
त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असिमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए । थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडावडामा खोप केन्द्र राखिएको उनले जानकारी दिए । यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकामा शुक्रबारदेखि आठवटा खोप केन्द्र सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
-
दिक्तेल–खानीडाँडा–आहाले सडक : ६ वर्षपछि कालोपत्र सुरु
-
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
-
सामाजिक सञ्जाल : वर्चस्व, सशक्तीकरण र प्रतिरोधको नयाँ साधन
-
फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने
-
कम्युनिस्ट आन्दोलनका चर्चित यी ६ पात्र के गर्दैछन् ?