सम्पर्कविहीन भनिएकी सांसद वली एमाले कित्तामा उभिइन्
सोमबार, १८ साउन २०७८, १७ : ३२
केही दिनदेखि सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू एमालेमै रहेको बताएकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई एमाले कित्तामा उभ्याएकी हुन् ।
उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उनी यसअघि नेकपा माओवादी केन्द्रतिर लागेकी थिइन् भने सोमबार विपक्षी गठबन्धनका तर्फबाट प्रदेश प्रमुख समक्ष पेस गरिएको निवेदनमा समेत उनलाई गणना गरिएको छ ।
तर अहिले आएर वलीले आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठीक नभएको भन्दै एमालेमै रहेको बताएकी हुन् ।
उनी दाङबाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण