एमालेमा ओली र माधव समूहको छुट्टाछुट्टै बैठक
सोमबार, १८ साउन २०७८, १७ : ००
नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् । अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको हो ।
ओली समूहको बैठक पौने चार बजे र माधव समूहको साढे २ बजेबाट बसिरहेको हो । ओली समूहको बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल भइरहेको छ । जसमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नवीकरण र वितरण रहेका छन् । माधव समूहले भने पार्टी एकताका लागि भइरहेको प्रयास तथा भावी रणनीतिबारे छलफल गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण