नगरकोटका होटल व्यवसायसँग आबद्ध सबैलाई खोप दिइयो
पर्यटकीय क्षेत्र नगरकोटमा रहेको होटल, रेष्टुराँ र पर्यटन व्यवसायसँग आबद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान गरेको हो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङका अनुसार होटल सञ्चालक तथा होटलमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई खोप दिएको छ । नगरकोटमा रहेका होटलमा कार्यरत कर्मचारीहरूमा कोरोनाको जोखिम कम गर्न र सुरक्षित पर्यटकीय गन्तव्य बनाउन कोरोना विरुद्धको खोप दिएका हौँ, अध्यक्ष गुरुङले भने ।
खोप कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, वडा नम्बर १ का अध्यक्ष लक्ष्मण बस्ताकोटी, २ का केशव तिमिल्सिना, चाँगुनारायणका नगरपालिका ६ का वडा अध्यक्ष सन्ते वाइवा, मण्डनदेउपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
नगरकोटमा रहेको होटल, रेष्टुराँ र पर्यटन व्यवसायसँग आबद्ध र स्थानीय नागरिक गरि करिब ९ सय जनालाई भेरोसेल खोपको पहिलो दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
-
मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री
-
मातृभूमि जोगाउन ‘भृकुटी’ले दिएको सन्देश
-
मधेशी एकता समाजले कतारमा मनायो नयाँ वर्ष र बकर ईद
-
विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: देउवा
-
मर्मत नभएर अधिकांश कृषि मेसिन प्रयोगविहीन, जनशक्ति उत्पादनमा जोड दिइँदै (भिडियो)