नगरकोटका होटल व्यवसायसँग आबद्ध सबैलाई खोप दिइयो
पर्यटकीय क्षेत्र नगरकोटमा रहेको होटल, रेष्टुराँ र पर्यटन व्यवसायसँग आबद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान गरेको हो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङका अनुसार होटल सञ्चालक तथा होटलमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई खोप दिएको छ । नगरकोटमा रहेका होटलमा कार्यरत कर्मचारीहरूमा कोरोनाको जोखिम कम गर्न र सुरक्षित पर्यटकीय गन्तव्य बनाउन कोरोना विरुद्धको खोप दिएका हौँ, अध्यक्ष गुरुङले भने ।
खोप कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, वडा नम्बर १ का अध्यक्ष लक्ष्मण बस्ताकोटी, २ का केशव तिमिल्सिना, चाँगुनारायणका नगरपालिका ६ का वडा अध्यक्ष सन्ते वाइवा, मण्डनदेउपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
नगरकोटमा रहेको होटल, रेष्टुराँ र पर्यटन व्यवसायसँग आबद्ध र स्थानीय नागरिक गरि करिब ९ सय जनालाई भेरोसेल खोपको पहिलो दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण