लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ ।
विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् ।
प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा विपक्षी गठबन्धनले प्रस्तावित मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नाम उल्लेख गरेका छन् ।
नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले अविश्वास प्रस्ताव दर्ता गरिएको र आजै प्रदेश प्रमुखलाई भेटेर विशेष अधिवेशन आह्वानका लागि माग गर्ने रातोपाटीलाई बताए ।
विपक्षी गठबन्धनका तर्फबाट सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष लिखित निवेदन पेस गरिएको थियो, जसमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरिएको थियो । तर, संविधानतः प्रदेश प्रमुखबाट त्यसरी सोझै सरकार गठनका लागि आह्वान गर्न नमिल्ने भएका कारण विपक्षी गठबन्धनले प्रदेशसभामा सरकारमाथि अविश्वासको प्रस्ताव पारित गराएर निकास खोज्ने बाटो अवलम्बन गर्न थालेको हो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण