बेलायतमा संक्रमण दर घट्दै, मृतक भने ४ महिनायताकै उच्च
बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ६९१ जना संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितसँगै बेलायतमा हालसम्म ५९ लाख २३ हजार ८२० कोरोना संक्रमित भएका छन् । महामारीको तेस्रो लहर शुरु भएको बेलायतमा अघिल्लो महिना दैनिक ५० हजार नाघेको थियो । सरकारी तथ्यांक अनुसार पछिल्लो एक सातामा संक्रमण दर २०.५ प्रतिशतले ह्रास आएको हो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्या विगत ४ महिनायताकै उच्च हो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २९ हजार ८८१ जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ५४ लाख ८८ हजार ८५७ डोज खोप वितरण भइसेको छ । जसमध्ये चार करोड ६८ लाख ९८ हजार ५२५ जनाले खोपको पहिलो डोज र तीन करोड ८५ लाख ९० हजार ३३२ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण