माधव नेपाल समूहको बैठक : केन्द्रीय सदस्यको उपस्थिति बढ्दै
शुक्रबार, २२ साउन २०७८, ०६ : ००
नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्य संख्या बढेको दावी गरिएको छ । बैठकमा सहभागी एक नेताले बिहीबारको तुलनामा ७ जना केन्द्रीय सदस्य आजको बैठकमा थपिएको बताए । बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जनाको हस्ताक्षर रहेको छ भने स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे र भीम आचार्य आजको बैठकमा सहभागी भएका छन् । हिजो ७० जनाको सहभागिता रहेको बताइएको थियो ।
हिजो आचार्य स्थायी कमिटी बैठकमा सहभागी भएपनि केन्द्रीय कमिटीमा सहभागी भएका थिएनन् भने पाण्डे कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेको कारण देखाउँदै सहभागी भएका थिएनन् । आजको बैठकमा सहभागी हुने अन्यमा केन्द्रीय सदस्यको भूमिकामा रहेका नेताहरु रहेका छन् । आफ्नो समूहको रणनीति बनाउन नेपाल समूहको बैठक क्वालिटी बैंक्वेट बुद्धनगरमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण