झापामा लागु औषधसहित दुई व्यक्ति पक्राउ
शनिबार, २३ साउन २०७८, २० : ३२
झापामा प्रतिबन्धित लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । भारतबाट अवैध लागुऔषधसहित नेपालतर्फ आउने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बंगाल प्रदेश तोपडाँडा घर भई हाल किशनजंग जिल्ला ठाकुरजंग बस्ने २८ वर्षीय श्रवण राय र झापा भद्रपुर नगरपालिका ३ बस्ने २४ वर्षीय खेमराज कुँवर रहेका छन् ।
उनीहरुको साथबाट इस्कुफ ३ बोतल, नाइट्रोसुन ट्याब्लेट १० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र उनीहरुमाथि आइतबार झापा जिल्ला अदालतबाट म्याद थप लिई थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण