मोरङमा प्रचण्डको ज्वाईँ पनि उमेद्वारको चर्चामा
अर्जुन जम्नेली राई
मोरङ– एमालेसँग चुनाबि तालमेल हुने भएपछि माओवादी केन्द्र मोरङमा उमेद्वार टुङ्गो लगाउन हम्मेहम्मे परिरहेको छ । मोरङ ३ नम्बर क्षेत्रको उपक्षेत्र (क) अन्तर्गतको पार्टी भेलामा सर्वसहमत उमेद्वारलाई पाखा लगाइए आउने अर्को उमेद्वारलाई गाउँ पस्न नदिनेदेखि बागी उमेद्वार दिनेसम्म बैठकमै छलफल चलेको भेलामा सहभागीले बताए ।
मोरङको ६ वटा प्रतिनिधिसभा र १२ प्रदेशसभाको क्षेत्र मध्ये प्रतिनिधिसभाको १ र ५ तथा प्रदेशसभाको २ (ख), ३(क), ५(क) र ६(क) माओवादीले पाउने चर्चा चलिरहेको छ । यद्यपि टुङ्गो लागि सकेको छैन । ३ (क) माओवादीले पाउने चर्चासँगै उमेद्वार टुङ्गो लगाउन पार्टी पोलिटब्युरो सदस्य तथा क्षेत्रका इन्चार्ज लालबहादुर सुस्लिङ्ग मगरलाई हम्मेहम्मे परिरहेको छ ।
उक्त क्षेत्र प्रदेशसभाको लागि सुरुमा दिनानाथ तिम्सिना, बिजय डाँगी र लक्ष्मण तामाङ गरी तीन जनाको नाम सिफारिस भएको थियो । पछिल्लो बैठकमा तिम्सिना र तामाङले आफ्नो नाम फिर्ता लिएपछि बिजय डाँगीको नाम सर्वसहमत भएको थियो ।
नाम सर्वसहत बनाउने बैठकमा पोलिटब्युरो सदस्य तथा क्षेत्रका इन्चार्ज लालबहादुर मगर, जिल्ला पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुलबहादुर साम्बा(कुशल) र तीनजना उमेद्वार बसेर बिजय डाँगीको नाम निर्णय भएको थियो ।
डाँगीको नाम सर्वसहमत बनाएपछि त्यहा उपस्थित केही नेताहरुलाई सोही पार्टीका अर्का नेताले फोन गरेर राजनीतिक जीवन सकिदिनेसम्मको धम्कि आएको आफूलाई जानकारी आएको स्वयम बिजय डाँगीले बैठकमा जानकारी गराएका थिए ।
उमेद्वार डाँगी पार्टीको केन्द्रीय आयोजक समिति सदस्य, वाईसीएल नेपालको केन्द्रीय सचिव तथा मोरङ जिल्ला इन्चार्जसमेत हुन् । दिनानाथ तिम्सिना र लक्ष्मण तामाङले दाबी छाडेपछि सो क्षेत्रमा केन्द्रीय आयोजक समिति सदस्य, अनेम संघ(क्रान्तिकारी)की केन्द्रीय सचिव तथा १ नम्बर प्रदेश संयोजक गीता तिम्सिना(अणु)लाई उमेद्वार बनाउन पार्टी मोरङ जिल्लाका नेताहरु लागिरहेको स्रोतको भनाइ छ ।
शुक्रबाको बैठकमा गीता तिम्सिना पनि उपस्थित थिए । बैठकमा उपस्थिति अधिकांश वडाका नेताहरुले सर्वसहमत उमेद्वार डाँगीको नाम आउनु पर्ने मत राखेका थिए । बैठकमा उपस्थित नारायणप्रसाद गुरागाईँलेत डाँगिको नाम नआए आउने अर्का उमेद्वारलाई गाउँ छिर्न नदिने र वागी उमेद्वार उठाउन पहल गर्ने चेतावनी दिए ।
डाँगिले आफू लामो समयदेखि निर्वाचनको तयारीमा लागेको पछि फर्किन नसक्ने बताए । क्षेत्र भरीको वडा नेताहरुको भेलामा उपस्थित गीता तिम्सिनाले साबित्रिकुमार काफ्ले(समर), लालबहादुर मगरपछि आफू दावेदार रहेको बताए । आफूले यही क्षेत्र नभनेको तर महिला उमेद्वारलाई पार्टीले प्राथमिकताको साथ प्रत्यक्षमा उमेद्वार दिनुपर्नेमा जोड भइरहेको तिम्सिनाको भनाइ थियो ।
तिम्सिनाले नाम लिएका सावित्रीकुमार काफ्ले(समर) पार्टी केन्द्रीय सचिवालय सदस्य, १ नम्बर प्रदेश संयोजक हुन् । लालबहादुर मगर पार्टी पोलिटब्युरो सदस्य र ३ नम्बर चुनावी क्षेत्र (क)को इन्चार्ज हुन् । दुवै जना पहिलो संविधानसभाको प्रत्यक्ष निर्वाचित सभासद हुन् ।
मोरङमा १ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुलबहादुर साम्बा(कुशल) र ५ नम्बर क्षेत्रमा पूर्व आपूर्तिमन्त्री शिवकुमार मण्डलको चर्चा छ । ५(क)मा देवा यादव, ६(क)मा जीवन आचार्य, २(ख)मा गोपी आच्छामी, गणेश उप्रेती(सुशील) लगायतको नाम चर्चामा रहेको छ । प्रदेशसभा सदस्यमा चर्चा चलिरहेको जीवन आचार्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आफ्नै छोरीको श्रीमान् (ज्वाईँ) हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण