कोरोनालाई बेवास्ता गर्दै सेवाग्राहीलाई भीडमा राखेर पासपोर्ट दिन्छ सरकार, तस्बिरमा हेर्नुहोस्
सरकारले कोरोना संकटको बेला पनि भीडभाड गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्दै आएको छ । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिए ।

छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैंले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोना कालमा पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले आफैले भौतिक दुरीमा बसेर काम गर्न नियम बनाउने सरकारले सेवाग्राहीलाई समेत भीडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गरे । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।

उता, धनुषाबाट आएका धिरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गरे । उनले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको बताए ।

राहदानी नवीकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।
सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने बेलामा भिडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण