४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अघि बढाउने घोषणा गरेको छ। बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित बैंकिङ सेवा विस्तार गर्दै भविष्यको वित्तीय प्रणालीको नेतृत्व गर्ने प्रतिबद्धता पनि जनाएको छ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको बताए। उनले बैंकले परिवर्तनको प्रतीक्षा नगरी सधैँ त्यसको नेतृत्व गर्दै आएको उल्लेख गरे।
उनका अनुसार नबिल बैंकले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको सुरुआत गर्नुका साथै ‘एनबैंक (nBank)’ एपमार्फत डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याएको छ। उनले बैंक अहिले वाणिज्य बैंकिङ, इन्भेस्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गर्ने नेपालको एकमात्र वित्तीय समूह बनेको दाबी गरे।
अध्यक्ष चौधरीले अबको बैंकिङ आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेश गरिसकेको भन्दै नबिल बैंकले एआईलाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने बताए। उनका अनुसार एआईमार्फत कर्जा प्रवाहलाई छिटो, जोखिम व्यवस्थापनलाई प्रभावकारी, ग्राहक अनुभवलाई व्यक्तिगत तथा सुरक्षा प्रणालीलाई थप सुदृढ बनाइनेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा सुरु भएको बैंकको यात्रा लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण आजको अवस्थामा पुगेको बताए। उनले नबिल बैंकलाई नेपालको सबैभन्दा विश्वासिलो र भविष्यका लागि तयार बैंक बनाउने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गरे।
बैंकले देशको आर्थिक विकासका लागि कृषि, ऊर्जा, लघु तथा साना उद्योग र पर्यटन क्षेत्रमा लगानीलाई प्राथमिकता दिएको जनाएको छ। हाल बैंकले कृषि क्षेत्रमा रु. ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा रु. ५१ अर्ब ६ करोड, लघु तथा मझौला उद्योगमा रु. ४५ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा रु. ११ अर्ब १० करोड कर्जा प्रवाह गरेको जनाएको छ।
वित्तीय सूचकांकतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको जनाएको छ। आर्थिक वर्ष २०४१/४२ मा रु. २ करोड ८० लाख रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म रु. ७० अर्ब ८३ करोड पुगेको छ भने खुद नाफा रु. १० लाखबाट बढेर रु. ६ अर्ब ७६ करोड पुगेको छ।
त्यस्तै, निक्षेप रु. १४ करोड ६० लाखबाट बढेर रु. ५ खर्ब ८८ अर्ब ८५ करोड पुगेको छ भने कर्जा प्रवाह रु. १३ करोड ३० लाखबाट बढेर रु. ४ खर्ब ६४ अर्ब १० करोड पुगेको बैंकले जनाएको छ। कुल सम्पत्ति पनि रु. २६ करोड ९० लाखबाट बढेर रु. ७ खर्ब १८ अर्ब ४२ करोड पुगेको छ।
हाल नबिल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण