मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रेडियो नेपाल र नेपाल टिभीलाई स्वतन्त्र बनाउँदै संसद मातहत ल्याउन माग

बुधबार, २७ साउन २०७८, १६ : ०६
बुधबार, २७ साउन २०७८

राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वतन्त्र र स्वायत्त बनाउँदै संसद मातहत ल्याउन माग गरेका छन् । बुधवार राष्ट्रियसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट पेश गरेको सार्वजनिक सेवा प्रशारण विधेयक २०७७ माथि बिचार गरियोस् भन्ने प्रस्ताव माथि बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद देवकोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय प्रशारण सेवामा रुपान्तर गर्न खोजेपनि नयाँ बोतलमा पुरानो रक्सी राख्ने काम जस्तै लागेको बताए । 

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वायत्त संस्था भनेपनि कार्यकारी समितिको पदाधिकारी नेपाल सरकारले नियुक्त गर्ने, यसको नीतिगत निर्देशन दिने भनेर  मन्त्रीको अध्यक्षतामा परिषदको पनि व्यवस्था रहेको बताउँदै यस्ता प्रावधानले कसरी स्वतन्त्र र स्वायत्त हुन सक्छ भन्दै प्रश्न गरे । 

उनले बीबीसी जस्तै स्वतन्त्र बनाउनुपर्ने वा संसद अन्तर्गत ल्याउन सके स्वतन्त्र हुन सक्ने बताए । उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वायत्त राख्नुपर्ने भन्दै सत्ताको भक्ति गाउने अवस्थामा रहेको बताए । उनले लोकतान्त्रिक विधि पद्धतिमा राज्यले अरबौं रुपैयाँ खर्च गरेर मिडिया चलाउन नहुने बताए । 

यस्तै सांसद प्रकाश पन्थले पूर्ववर्ती सरकारले पठाएको विधेयकको उद्धेश्य र काम नमिल्ने बताए । ठाउँ–ठाउँमा सरकारले निर्देशन दिनसक्ने व्यवस्था राखेको बताउँदै ती कुरा मिलाउनुपर्ने बताए । विधेयकमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वतन्त्र राख्ने कुरामा कमजोरी रहेको बताए । उनले स्वतन्त्र रहन्छ कि रहँदैन, यसलाई राज्यको नियन्त्रणबाहिर छोड्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा विचार गर्नुपर्ने बताए । उनले मिडिया राज्यको नियन्त्रणमा हुन नहुने र स्वतन्त्र रुपमा छोड्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप