चालकसँग पैसा उठाएपछि थानकोटमा ट्राफिकको सेट नै परिवर्तन
काठमाडौं– उपत्यका भित्रिने सवारी साधनको कागजातमा त्रुटी भेटिएपनि पैसा लिएर छाडेको फेला परेपछि थानकोट र नागढुंगाको ट्राफिक प्रहरीको सेट नै परिवर्तन गरिएको छ ।
ट्राफिक प्रहरी महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बगाले सहितको टिमलाई महाशाखामा तानेको छ । त्यस्तै नागढुंगा प्रभागबाट पनि पुरानो टिम परिवर्तन गरेर प्रनानि सुरेश ठाकुरको कमाण्डमा नयाँ टोली पठाइएको महाशाखाले जनाएको छ ।
महाशाखाबाट खटिएको प्रहरी टोलीको छड्के जाँचका क्रममा चालकसँग घुस लिँदालिँदै समातिएका प्रहरी सहायक निरीक्षक चुडामणी पोखरेल, जवान रण बहादुर माल र जालन्धर बास्तोला लाई निलम्बन गरेको बताइएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले ट्राफिक प्रहरीको आचरण विपरीत काम गरेको भेटिएपछि एक असई सहित तीन जनालाई निलम्बन गरिएको पुष्टि गरेका छन् ।
‘आचरण विपरित काम गरेको पाइएको छ’ एसएसपी रञ्जितकारले भने, ‘थानकोट र नागढुंगा दुवै स्थानमा नयाँ टिम पठाइएको छ ।’
काठमाडौं भित्रिने मुख्य नाका हुनाले थानकोट र नागढुंगा ट्राफिक प्रहरीका लागि आकर्षक पोष्टिङ मानिन्छ ।
मापसेमा समातिएको मोटरसाइकललाई उन्मुक्ति
महानगरीय ट्राफिक वृत्त कोटेश्वरले मादक पदार्थ सेवन गरेको फेला परेपछि नियन्त्रणमा लिएको मोटरसाइकललाई बिना कारवाही छोडेको छ ।
शुक्रवार राती कोटेश्वर चोकमा जाँच गर्दा मापसे सेवन गरेको भेटिएपनि वृतका इन्सपेक्टर मनोज शाहीले शनिवार बिहानै बा ५२ प १७१९ नम्बरको मोटरसाइकल छाडेका हुन् ।
उक्त मोटरसाईकलका चालक मनोज खड्काले मापसे गरेको भेटिएपछि ड्युटीका प्रहरीले नियन्त्रण लिएपनि माथिबाट कल आएको भन्दै बिना कारबाही एकाविहानै इन्सपेक्टरको आदेशले छाडेको एक प्रहरीले जानकारी दिए ।
‘मापसेमा पक्राउ परेको मोटरसाइकल लाई बिना कारवाही किन छाडेको’ भन्ने जिज्ञासामा महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरका इन्सपेक्टर मनोज शाहीले भने, ‘ मलाई केही पनि थाहा भएन, इन्सपेक्टरले सबैतिर हेर्न भ्याउँदैन ।’
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले मापसे सेवन गरेर चलाएको गाडी होल्ड गर्न नमिल्ने जानकारी दिए । ‘त्यतिवेला हामी मापसे नगरेको आफन्तलाई फोन गरेर बोलाउँछौं अनि कागजपत्र लिएर सवारी दिन्छौं’ उनले भने, ‘कक्षा लिने, जरिवाना गर्ने र लाइसेन्समा होल बनाउने कारवाही नगरिकन चाहीँ छाड्दैनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण