पोखराबाट ६ जना जुवाडे पक्राउ
बुधबार, २७ साउन २०७८, २१ : १०
प्रहरीले पोखराबाट ६ जना जुवाडे पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा फुलबारीस्थित चीनबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नगद ७४ हजार २८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा ९ नागढुंगाका पुरन गुरुङ, पोखरा १० रामघाटका हरिकुमार गुरुङ, पोखरा ११ फूलबारीका रामबहादुर गुरुङ, चीनबहादुर गुरुङ, पोखरा १४ चाउथेका फणिन्द्रराज पौडेल र पोखरा १० मिलन टोलका हिमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण