पोखराबाट ६ जना जुवाडे पक्राउ
बुधबार, २७ साउन २०७८, २१ : १०

प्रहरीले पोखराबाट ६ जना जुवाडे पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा फुलबारीस्थित चीनबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नगद ७४ हजार २८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा ९ नागढुंगाका पुरन गुरुङ, पोखरा १० रामघाटका हरिकुमार गुरुङ, पोखरा ११ फूलबारीका रामबहादुर गुरुङ, चीनबहादुर गुरुङ, पोखरा १४ चाउथेका फणिन्द्रराज पौडेल र पोखरा १० मिलन टोलका हिमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड